Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

साना दलले थाले सरकारविरुद्ध मोर्चा बन्दी

साना दलले थाले सरकारविरुद्ध मोर्चा बन्दी

  • आइतवार, माघ २० २०८१

  • 255
    SHARES

  • साना दलले थाले सरकारविरुद्ध मोर्चा बन्दी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएका पाँच दल सरकारविरुद्ध मोर्चा बन्दीमा लागेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गरेका कांग्रेसबाहेक साना दलले मोर्चाबन्दी गर्न थालेका हुन् । सरकारमा रहेका पाँच दल र सरकार बाहिर रहेका अन्य चार दलले मोर्चाबन्दी बनाएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई समर्थन गरेको छ ।
    तर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्व जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी संघदेखि प्रदेशसम्म सरकारमा नै सहभागी छन् । यस्तै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा सरकार बाहिर छन् । अहिले यी आठवटा दल मिलेर ओली सरकार विरुद्ध मोर्चाबन्दी थालेकबा छन् ।
    कांग्रेस र एमाले गठबन्धनवीच संविधान संशोधन गर्ने मुख्य सर्तमा थियो । दुई दलीय व्यवस्था हुँदा आफुहरुको अस्तित्व संकटमा पर्ने साना दललाई चिन्ता छ । संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने र निर्वाचन प्रणलीलाई हेरफेर गर्ने काँग्रेस एमालेको सहमतीले साना दललाई समस्या पार्ने भन्दै आठ दलिय मोर्चाबन्दी सुरु भएको छ ।


    आइतवार, माघ २० २०८१०१:०६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij