काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कांग्रेसको अधिवेशन १५औं महाधिवेशन २०८४ को चुनाव अगावै हुने बताउनुभएको छ । शनिबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले ०८४ को स्थानीय तह र आम चुनाव पार्टीको नयाँ नेतृत्वले नै गराउने बताउनुभयो ।
संविधानमै एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएकोले ०८४ को चुनावअघि नै महाधिवेशन गर्नै पर्ने उहाँकोध भनाई छ । ‘२०८४ को स्थानीय चुनाव, आम चुनावभन्दा अगाडि पार्टीको अधिवेशन नगरिकन पाइँदैपाइँदैन । त्यो भन्दा पहिले पार्टीको अधिवेशन गर्नैपर्छ,’ थापाले भन्नुभयो ।
महामन्त्री थापाले महाधिवेशन कति छिटो गर्न सकिन्छ भन्ने बारेमा पार्टीभित्र छलफल भइरहेको र समयमै गर्ने गरी आफूहरूले मिहिनेत गरिरहेको बताउनुभयो । केही नेताहरुको भनाइले अधिवेशन पछि जान्छ कि भन्ने लागेको भए पनि त्यसमा कन्फ्युज नहुन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।