Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

सरकारको काम निराशाजनक रहेको राप्रपा अध्यक्ष लिङ्देनको भनाई

सरकारको काम निराशाजनक रहेको राप्रपा अध्यक्ष लिङ्देनको भनाई

  • शुक्रवार, माघ १८ २०८१

  • 657
    SHARES

  • सरकारको काम निराशाजनक रहेको राप्रपा अध्यक्ष लिङ्देनको भनाई

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई ठूला दल मिलेर सरकार बनाएपनि जनताले सोचे अनुरुपको परिवर्तन नभएको बताउनुभएको छ । सरकार बन्दा जुन प्रकारको अपेक्षा बाँडिएको थियो । त्यो अनुसार सरकारले काम गर्न नसकेको बताउनु भएको हो ।
    शुक्रबारबाट सुरु भएको प्रतिनिधी सभाको हिउँदे अधिवेशनमा मन्तव्य राख्ने क्रममा लिङ्देनले सरकारको काम निराशाजनक रहेको बताउनुभएको हो ।
    उहाँले भन्नुभयो, ‘दुई ठुला दल मिलेर सरकार गठन भएको छ महिना भइसक्यो । तर सरकारले राम्रोसँग काम गरेको अनुभुती भएको छैन् । जनताको समस्यामा भन्दा सरकार अध्यादेश ल्याउनतिर बढी केन्द्रित भएको पाइएको छ । यो राष्ट्रका लागि राम्रो संकेत होइन् ।’
    सरकारको पछिल्लो समय भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै बितेको दावी लिङ्देनले गर्नुभएको छ । संसदलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू आएपछि ब्रेक थ्रु भएको बताउनु भएको थियो । तर लिङ्देनले त्यसलाई उपलब्धि मान्न नसकिने बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, ’प्रधानमन्त्रीको भाषणमा हामीले थुप्रै ब्रेक थ्रु भएको सुन्यौं । तेस्रो मुलुकसँग विद्युत व्यापार प्रारम्भ भएको भनेर सुन्यौं । के यो सरकार नभएको भए सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रु हुँदैनथ्यो?,’
    नियमित कामलाई सरकारले गरेको कामको रुपमा लिन नसकिने अध्यक्ष लिङ्देनले बताउनुभयो । ठुला दल मिलेर सरकार बनेको समयमा पनि सरकारले यस्ता कुरालाई उपलब्धी मान्छ भने, यो देशमा सरकार छैन,’ उहाँले भन्नुभयो ।


    शुक्रवार, माघ १८ २०८१०५:४६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij