काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित बनाएको बताउनुभएको छ ।
आज (शुक्रबार) बाट सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारले नागरिकको बोल्न पाउने हकलाई कुण्ठित गर्न खोजेको बताउनुभएको हो । उहाँले भन्नुभयो, सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि वर्तमान सरकारले बोल्नै नपाउने गरी नियन्त्रण गर्न खोज्दैछ । अहिले प्रस्ताव गरिएको सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरंकुशताको झल्को दिएको छ ।’
उहाँले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुराउनका लागि सरकार गम्भीर नदेखिएको बताउनुभयो । छिटो सिफारिस समिति गठन गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित समितिलाई पूर्णता दिन उहाँले माग गर्नुभयो ।