काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा विरोध गर्नुभएको छ । शुक्रवार संसद्को अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अध्यादेश ल्याउनु बेठिक भएको बताउनुभएको हो ।
नेता पाण्डेले भन्नुभयो, ‘सरकारले आवश्यकता अनुसार अध्यादेश ल्याउन पाइन्छ । आवश्यकता परेको बेला ल्याउनु पनि पर्छ । तर संसद छलेर ल्याउने काम ठिक भएन् । संसद्को समितिमा छलफल भइरहेका बेला फिर्ता नलिई सरकार अध्यादेशमार्फत जान खोजेको बेठिक छ । जसरी सरकार संसद् छलेर अध्यादेशको बाटोमा गएको छ । त्यसको विरोध गर्दछौँ ।’