काठमाडौ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले एमालेबाट विभाजित दलले अध्यादेशको विरोध गर्नु नसुहाँएको बताउनुभएको छ । आजबाट सुरु भएको संसद अधिवेशनमा दलीय मन्तव्य राख्दै एकीकृत समाजवादीले अध्यादेशको विरोध गर्नु उचित नभएको बताउनुभएको हो ।
एकीकृत समाजबादी पार्टी अध्यादेशबाट जन्मिएको भन्दै भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताउनुभएको हो ।
भट्टराईले नेकपा एकीकृत समाजवादीतर्फ व्यङ्ग गर्दै भन्नुभयो ‘जुनपार्टी अध्यादेशबाट जन्मियो, आज त्यही पार्टी अध्यादेशको विरोध गरिरहेको छ । अध्यादेश नै जन्मिने बाटो समातेको पार्टीले कम्तिमा अध्यादेश ठिक छैन्, त नभन्नु नी ।’
त्यस्तै भट्टराईले २०७८ सालमा सरकारले १६ वटा अध्यादेश ल्याएको बताउनुभयो । आफुले ल्याउँदा सवै ठिक हुने अनि अर्काले ल्याउँदा ठिक भएन भनेर विरोध गर्नु राम्रो अभ्यास नभएको उहाँको भनाई थियो ।