Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

सरकारको मुल्याङ्कनका लागि ६ महिना पर्याप्त समय होइन् : देउवा

सरकारको मुल्याङ्कनका लागि ६ महिना पर्याप्त समय होइन् : देउवा

  • शुक्रवार, माघ १८ २०८१

  • 346
    SHARES

  • सरकारको मुल्याङ्कनका लागि ६ महिना पर्याप्त समय होइन् : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको आर्थिक अवस्थालाई सुदृढ गर्ने सरकारको उदेश्य रहेको बताउनुभएको छ । संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको मूल्याङ्कन गर्नका लागि ६ महिला पर्याप्त नभएको बताउनुभएको हो । सरकारले धेरै काम गरेको र त्यसको नतिजा केही समय लाग्ने उहाँको भनाई थियो ।


    राष्ट्र र जनताका लागि आवश्यक पर्ने सबै क्षेत्रमा सरकारले काम गरिरहेको बताउँदै देउवाले कानुन निर्माण गरेर विकास निर्माणका कामहरु अघाडी बढाइने बताउनुभयो । संविधानको कार्यान्वयन र अन्य विषय कार्यान्वयनका लागि संसद्ले कानुन बनाउने उहाँले बताउनुभएको हो ।


    यस्तै सभापति देउवाले आर्थिक व्यवस्थामा सुधार ल्याउनका लागि अध्यादेशमार्फत केही कानुन निर्माण गरिने बताउनुभएको छ । ‘कानुनले देशमा सुशासन कायम गर्ने, सुकुम्बासीको समस्या समाधान गर्ने, सहकारी क्षेत्रमा सुधार हगर्न सहयोग पुग्छ । संसद्बाट अध्यादेश पारित गरेर यथाशीघ्र कानुन बनाउने बाटो खुलाउनु पर्छ,’ सभापति देउवाले बताउनुभयो ।


    आवश्यकता अनुसार संविधानमा केही विषयहरु संशोधन गर्नु पर्ने भएकाले गणतन्त्र, समावेशिता र राष्ट्रियतालाई थप बलियो बनाउनका लागी संविधान संशोधन आवश्यक रहेको उहाँको भनाई थियो ।


    शुक्रवार, माघ १८ २०८१०३:१४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij