Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

रास्वपा सांसदले गरे संसद बैठक बहिस्कार

रास्वपा सांसदले गरे संसद बैठक बहिस्कार

  • शुक्रवार, माघ १८ २०८१

  • 1.0K
    SHARES

  • रास्वपा सांसदले गरे संसद बैठक बहिस्कार

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक बहिस्कार गरेको छ। बैठक सुरु भएलगत्तै कार्यसूचीमा प्रवेश नगर्दै बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गरेका थिए ।

    कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले उनीहरूलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरू वाचन गरेर सुनाउनु भएको छ।

    सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरूले होहल्ला गरेका हुन् । त्यसपछि उनीहरू बैठक छाडेर निस्केका छन् ।

     


    शुक्रवार, माघ १८ २०८१०१:५०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij