Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

रेनुका पौडेलको नेतृत्वमा शान्ति समाजको नयाँ कार्यसमिति गठन

रेनुका पौडेलको नेतृत्वमा शान्ति समाजको नयाँ कार्यसमिति गठन

  • शुक्रवार, माघ १८ २०८१

  • 1.0K
    SHARES

  • रेनुका पौडेलको नेतृत्वमा शान्ति समाजको नयाँ कार्यसमिति गठन

    नवलपुर, गैडाकोट – मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयन गरिएको छ। राष्ट्रिय परिषद् बैठकबाट रेनुका पौडेल सभापतिमा निर्वाचित हुनुभएको छ।

    यसैगरी, राजेन्द्र पौडेल वरिष्ठ उपसभापति, लक्ष्मीनारायण मिश्र र उमा थापा उपसभापति, प्रकाश शाही महासचिव तथा चन्द्रमणि बन्जारा कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।

    बरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी संस्थापक अध्यक्ष रहेको यस शान्ति समाजले पहिलो पटक महिला नेतृत्व पएको हो ।

    देशभरका ३६ वटै जिल्लाबाट प्रतिनिधिहरूको उपस्थिति रहेको बैठक नवलपुरको गैडाकोटमा भएको हो। बैठकमा विभिन्न प्रदेशका पर्यवेक्षकहरू समेत सहभागी भएका थिए।

    नयाँ नेतृत्व चयनसँगै मानव अधिकार तथा शान्ति समाजले आगामी दिनमा मानव अधिकार संरक्षण र सामाजिक न्याय प्रवर्द्धनका लागि अझ सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।


    शुक्रवार, माघ १८ २०८१०९:४४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij