Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै

संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै

  • शुक्रवार, माघ १८ २०८१

  • 418
    SHARES

  • संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै

    काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ ।

    संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। संसद् अधिवेशनको सबै तयारी पूरा भएको प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

    अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।

    विपक्षी दलहरुले बोल्न दिने तर, अध्यादेश पेश गर्न नदिने रणनीति बनाएका छन्। संसदमा बोल्ने र अध्यादेश पेश गर्न लाग्दा अवरुद्ध गर्ने तयारी विपक्षी दलहरूको छ ।

    संसद् बैठकको अघिल्लो दिन सिंहदरबारस्थित बसेको विपक्षी दलहरुको बैठकले अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको थियो।

     


    शुक्रवार, माघ १८ २०८१०७:५९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij