काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा निस्कनु भएको छ । थापा बिहीबार बिहान हेलिकप्टरमार्फत सुदूरपश्चिमका पहाडी जिल्लामा अवस्थित धार्मिक पीठहरूको भ्रमणमा जानुभएको हो ।
नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष योगेन्द्र रावलका अनुसार महामन्त्री थापाले डडेल्धुराको उग्रतारा मन्दिर दर्शनपछि बैतडी लतर्फ लाग्नुभएको छ । महामन्त्री थापाले सुदूरपश्चिमका धार्मिक पीठहरू उग्रतारा, त्रिपुरा सुन्दरी, उदयदेव, बडिमालिका, खप्तड लगायतका क्षेत्रको भ्रमण गर्ने जनाइएको छ ।