Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

सहकारीका ठगलाई कारबाही गर्दा रास्वपा सिध्याउन लागेको भाष्य सिर्जना गर्न खोजियो : ज्ञवाली

सहकारीका ठगलाई कारबाही गर्दा रास्वपा सिध्याउन लागेको भाष्य सिर्जना गर्न खोजियो : ज्ञवाली

  • बिहिवार, माघ १७ २०८१

  • 376
    SHARES

  • सहकारीका ठगलाई कारबाही गर्दा रास्वपा सिध्याउन लागेको भाष्य सिर्जना गर्न खोजियो : ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीका ठगलाई कारबाही गर्ने काम सुरु भएको बताउनुभएको छ । आज प्रेस चौतारी नेपाल ललितपुरको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सहकारी ठगहरु विरुद्ध कारबाही गर्न थालेको बताउनुभएको हो ।
    नेता ज्ञवालीले भन्नुभयो ‘सहकारीका ठगलाई कारबाही अघि बढाउँदा रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम भन्दै प्रचार गर्न थालिएको छ । नागरिकहरुमा रास्वपालाई सिध्याउन लागेको भाष्य सिर्जना गर्न खोजिदै छ । सरकारले कुनै व्यक्ति वा संगठनलाई सिध्याउनका लागि नभई सहकारी पिडीतका समास्या समाधानको काम गर्न खोजेको हो ।’ उहाँले भन्नुभयो ‘सहकारीमा रास्वपाका नेताहरु मात्रै सहभागी छैनन्, एमाले लगाएत अन्य दलका नेताहरुको पनि संलग्नता रहेकाले गलत गर्ने सवैमाथी कारबाही हुन्छ ।’
    ६ महिनामा एउटा र अर्काे ६ महिनामा अर्काे सरकार बनाउने विचौलियाको प्रयासलाई विफल पार्नका लागि दुई ठुला दल मिलेर सरकार बनाएको ज्ञवालीले बताउनुभयो । ‘धेरैको अनुमान विपरीत नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएर राष्ट्रको समस्या सम्बोधनको प्रयास भएको छ’, उहाँले भन्नुभयो ।


    बिहिवार, माघ १७ २०८१०२:३१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij