Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय

  • बिहिवार, माघ १७ २०८१

  • 438
    SHARES

  • सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित सरकारको विपक्षमा रहेका दलले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । भोली माघ १८ गतेदेखी सुरुहुने संसदको हिउँदे अधिवेशनमा अध्यादेशको विरोध गर्ने विपक्षी दलहरुले निर्णय गरेका हुन् । सरकारले संसद छलेर गलत बाटोबाट अध्यादेश ल्याएको विपक्षी दलहरुको निस्कर्ष छ ।
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बसेको बैठकमा सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएकाले ती अध्यादेश स्विकार गर्न नसकिने र शसक्त विरोध गर्ने निर्णय गरिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
    आज माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी हुनुहुन्थ्यो ।


    बिहिवार, माघ १७ २०८१०२:१०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij