Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

नेपालको निर्यात आँकडा नक्कली हो : प्रधानमन्त्री ओली

नेपालको निर्यात आँकडा नक्कली हो : प्रधानमन्त्री ओली

  • बिहिवार, माघ १७ २०८१

  • 269
    SHARES

  • नेपालको निर्यात आँकडा नक्कली हो : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यात व्यापारसम्बन्धी आँकडा नक्कली भएको बताएका छन् । बिहीबार काठमाडौंमा चेम्बर एक्पो कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नेपालले निर्यात गरेको भनेर देखाइएको आँकडा गलत भएको बताउनुभएको हो ।
    ‘अहिलेको अवस्थामा देखिएको डाटालाई वास्तविक मान्न सकिदैन् । त्यो नक्कली आँकडा हो । नेपालमा न्युन मात्रामा भएको उत्पादनलाई पनि निर्यात व्यापारमा देखाइएको छ । जुन उत्पादन नै हुँदैन त्यो निर्यात कसरी हुन सक्छ ? देशले निर्यात गरेको पनि देखाइएको छ, फेरी त्यही कुरालाई आयात गरिएको पनि भनिएको छ, यो कसरी सम्भव हुन सक्छ ?’ ओलीले भन्नुभयो ।


    नेपालमा बचतकर्ता थोरै मात्रै भएको भन्दै प्रधानमन्त्री ओलीले नखाएर बचाएको पैसालाई बचत भन्न नसकिने बताउनुभयो । हामीले खोजेको अवस्था नखाएर बचाउने नभई आफुलाई चाँहिएजति खाएर बचेको बचत गर्ने हो । तर नेपालमा यस्तो थोरै संख्यामा मात्रै रहेको प्रधानमन्त्री ओलीले दावी गर्नुभयो ।

     


    बिहिवार, माघ १७ २०८१०१:२४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij