Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको “नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन” सुरु

कांग्रेसको “नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन” सुरु

  • बुधवार, माघ १६ २०८१

  • 448
    SHARES

  • कांग्रेसको “नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन” सुरु

    काठमाडौं। नेपाली कांग्रेसको आयोजनामा “नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन” शुरु भएको छ ।

    कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा भएको यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धनसमेत हुने विश्वास लिएर कार्यक्रम संचालन गरिएको कांग्रेसले जनाएको छ ।

    सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रमस्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारीसमेत गराउने छन् । दुई दिनसम्म हुने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्र मार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालहरू बीच छलफल गरिने छ ।

    उक्त सम्मेलनको उद्याटन आज कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हो । देउवाले स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्दा मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसकेको बताउनुभएको छ । उहाँले नेपालको अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको बताउनुभयो।

    देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी प्राप्त गर्ने बताउनुभयो । पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताउनुभयो ।

    उहाँले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढङ्गले काम गर्ने प्रयास गरिरहेको बताउनुभयो । थोरै लगानीले स्टार्टअप व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्दा धेरै रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।

    नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले नेपाली कांग्रेसले साना र मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने नीति लिएको बताउनुभयो ।

     

     

     

     


    बुधवार, माघ १६ २०८१०८:१५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij