Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

राजावादीहरु सङ्घीयतालाई प्रतिगामी दिशामा मोड्न थाले : चित्रबहादुर केसी

राजावादीहरु सङ्घीयतालाई प्रतिगामी दिशामा मोड्न थाले : चित्रबहादुर केसी

  • बुधवार, माघ १६ २०८१

  • 394
    SHARES

  • राजावादीहरु सङ्घीयतालाई प्रतिगामी दिशामा मोड्न थाले : चित्रबहादुर केसी

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताविरुद्ध देखा परेको असन्तुष्टीलाई प्रतिगामी दिशामा मोड्न राजावादी राजनीतिक सङ्गठनहरूले प्रयत्न गरिरहेको बताउनुभएको छ ।
    राष्ट्रिय जनमोर्चाको काठमाडौँ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राजावादी संघ संगठनले सङ्घीयता वा त्यसको प्रादेशिक संरचनाको खारेजीको माग गर्नुमा राजाको प्रतिक्रियावादी र निरङ्कुश शासनको पुनस्र्थापना गर्न खोजेको बताउनु भएको हो ।
    अध्यक्ष केसीले भन्नुभयो, ‘राज्यको र जनताको आवश्यकताभन्दा पनि पुरानो प्रकारको सामन्ती, केन्द्रिकृत र नोकरशाही प्रकारको एकात्मक प्रणालीको पुनस्र्थापना गर्ने काम भइरहेको छ । प्रतिक्रियावादी एकात्मक प्रणाली नभई प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली अहिले कायम गर्न आवश्यक छ ।’
    साथै पश्चिमा र भारतीय साम्राज्यवादीहरुले नेपालमा पहिचान पक्षधरलाई उचालेर आन्दोलन गर्न उक्साइरहेको समेत बताउनु भएको छ । पश्चिमी साम्राज्यवादी शक्तिहरूले नेपालमा सङ्घीयतालाई जातिवादी रूप दिन भएभरको शक्ति प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।


    बुधवार, माघ १६ २०८१०५:५७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij