काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनु उचित नहुने बताउनु भएको छ । प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्राध्यक्ष भइसकेको व्यक्ति पार्टीको सक्रिय राजनीतिमा आउनु राम्रो नहुने बताउनुभयो ।
पूर्वराष्ट्रपति राजनितिमा आउने नआउनेबारे हालसम्म पार्टीमा कुनै छलफल समेत नभएको र मुलुकको अभिभावकको भुमिका निभाई सकेको व्यक्ति पार्टीको सक्रिय राजनितिमा फर्कने कुरा सामान्य अवस्थामा उचित नहुने उहाँले बताउनुभयो ।
साथै उहाँले पार्टी अध्यक्षको चाहाना विपरित प्रतिस्पर्धा गर्ने गरी राजनितिमा आउन लागेको भन्ने हल्ला फैलाएपनि त्यो सत्य नभएको बताउनुभयो । कुनै त्यस्तो विशिष्ट परिस्थितीमा बाहेक राष्ट्रध्यक्ष भइसकेको मान्छे राजनितिमा आउने कुरा सामान्य होइन् ।
ज्ञवालीले भन्नुभयो, ‘भण्डारीले तत्काल राजनितिमा आउने अवस्था नभएको र देशको आवश्यकताले राजनितिमा आउनु पर्ने अवस्था आएको खण्डमा सोच्न सकिन्छ भनेर भन्नु भएको छ । विशेष परिस्थितीमा राष्ट्राध्यक्ष भइसकेको व्यक्ति राजनितिमा आउनु पर्ने पनि हुन्छ । तर तत्काल यो सम्भावना छैन् ।’
यस्तै ज्ञवालीले सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्रमा उत्साह छाएको बताउनु भएको छ । संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले गलत सूचनाबाट सबैलाई जोगाउने तर्क गर्दै प्रेस स्वतन्त्रतामा अवरोध नहुने समेत बताउनुभयो ।