Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री राणा र भारतीय अतिरिक्त सचिव मुनुवीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री राणा र भारतीय अतिरिक्त सचिव मुनुवीच शिष्टाचार भेट

  • बुधवार, माघ १६ २०८१

  • 269
    SHARES

  • परराष्ट्रमन्त्री राणा र भारतीय अतिरिक्त सचिव मुनुवीच शिष्टाचार भेट

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरवीच शिष्टाचार भेट भएको छ । बुधबार गरेका छन् । भेटका क्रममा नेपाल भारत सम्बन्ध, आपसी चासो र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको छ ।
    भेटका क्रममा मन्त्री डा. राणाले नेपाल र भारतवीचको सम्बन्धका बारेमा चर्चा गर्दै दुई देशको हितका लागि नेपाल सधैँ भारतसँग नजिक रहेर सहकार्य गर्न चाहेको बताउनुभयो । साथै दुई देशबीचको सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुपको बैठक केही वर्षदेखी वस्न नसकेको भन्दै तत्काल ग्रुपको बैठक बस्ने विषयमा पनि छलफल गर्नु भएको छ ।
    नेपालको भैरहवाको गौतमबुद्ध र पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा भारतका विभिन्न शहरबाट हवाई उडानका लागि अनुरोध गरेको विषयमा पनि स्मरण गराउनु भएको छ । साथै उहाँले यो विषयलाई प्राथमिकतामा राख्न आग्रह समेत गर्नुभएको छ ।

    नेपालले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माण गरिरहेको र भौगोलिक बिकटताका कारण निर्माण कार्यका लागि आवश्यक उपकरण एवं सामग्री ढुवानीका लागि समस्या भएकाले भारतको भूमि भएर ती सामग्रीहरूको ओसारपसारका लागि नेपालले औपचारिक रूपमा नै आग्रह गरिसकेकाले त्यसका लागि सहजीकरण गरिदिन पनि मन्त्री डा. राणाले आग्रह गर्नुभएको छ ।


    बुधवार, माघ १६ २०८१०२:२६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij