Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

युवा उद्यमीका लागि सहज वातावरण सिर्जना गरिन्छ: देउवा

युवा उद्यमीका लागि सहज वातावरण सिर्जना गरिन्छ: देउवा

  • बुधवार, माघ १६ २०८१

  • 406
    SHARES

  • युवा उद्यमीका लागि सहज वातावरण सिर्जना गरिन्छ: देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको अर्थतन्त्र बारे चिन्ता व्यक्त गर्नुभ्रएको छ । पछिल्लो समय नेपालको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै भन्दै देउवाले चिन्ता व्यक्त गर्नुभएको हो । नेपाल स्टार्टअप र एसएमई समिटको उद्घाटन गर्दै सभापति देउवाले नेपालको अर्थतन्त्रको बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।


    नेपालको अर्थतन्त्रमा सुधार गर्न नसक्नुमा नेपालको निजी क्षेत्रले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्नु र देशमा विदेशी लगानीको वातावरण सहज नहुनु मुख्य कारण रहेको बताउनुभएको छ । ‘देशमा स्वदेशी र विदेशी लगानी गर्ने वातावरण सहज छैन् । नेपालको निजी क्षेत्रले पनि विश्व बजारमा प्रतिस्पर्धा गर्न असहज महसुस गरिरहेका छन् । मुख्य रुपमा यी दुई पक्षले नेपालको अर्थतन्त्रमा प्रभाव पारिरहेको देखिन्छ,’ सभापति देउवाले भन्नुभयो ।


    कार्यक्रममा बोल्दै देउवाले पछिल्लो समय युवाहरु थोरै लगानीमा सिर्जनात्मक काममा प्रेरित भएको पाइएको छ । त्यसमा स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो क्रममा रहेको उहाँले जिकिर गर्नुभयो । ‘कुनैपनि उद्योग वा व्यवसायका लागी सरकारको साथको पनि जरुरी छ । सरकारले व्यवसायमा लाग्न खाज्ने युवाहरुका लागी सहज वातावरण सिर्जना गरिदिनु पर्छ,’ देउवाले भन्नुभयो ।


    स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले आफूहरूले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको सभापति देउवाले दावी गर्नुभएको छ । युवा उद्यमीहरुका लागी व्यवसाय गर्नका लागि सहज वातावरण सिर्जना गर्ने समेत देउवाले बताउनुभयो ।


    बुधवार, माघ १६ २०८११२:३२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij