काठमाडौं । कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ । प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सदनमा पेस गरेका गर्नुभएको थियो ।
सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसअघि शून्य समयमा मुलुकको समसामयिक विषयबारे प्रदेशसभा सदस्यहरू गोम्बु शेर्पा, मानबहादुर लिम्बू, डोलमा तामाङ, शीला दीक्षित कार्की, विद्या चाम्लिङ राई, कमला थापा मगर र सविना बजगाईँले आ–आफ्नो धारणा राखेका थिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का इन्द्रमणि पराजुलीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर स्पष्ट शिक्षा नीति बनाउनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकास गर्न केबलकार योजनालाई अस्वीकार गर्न नमिल्ने लगाएतका धारणा सांसदहरुले राखेका थिए ।