Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लेखक र भारतका अतिरिक्त सचिव मुनुवीच शिष्टाचार भेट

गृहमन्त्री लेखक र भारतका अतिरिक्त सचिव मुनुवीच शिष्टाचार भेट

  • मंगलवार, माघ १५ २०८१

  • 389
    SHARES

  • गृहमन्त्री लेखक र भारतका अतिरिक्त सचिव मुनुवीच शिष्टाचार भेट

    काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग उनको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चाँसोका विविध विषयमा विचार विमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    साथै उनीहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवं समन्वय, कञ्चनपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी निर्माणलगायत विषयमा पनि छलफल गरेका थिए ।


    मंगलवार, माघ १५ २०८१०५:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij