काठमाडौं । माघ १८ गतेदेखि संघीय संसद्का दुवै सदनको अधिवेशन सुरु हुँदैछ । संसद् भवनमा माघ १८ गतेबाट दुवै सदनको अधिवेशन सुरु हुन लागेको हो । अबिधेशनको पहिलो दिनको बैठकमा सुरुमा विगतमा गरिदैँ आएको कार्यतालिका अनुसार नै संञ्चालन गरिने छ ।
पहिलो दिनको बैठकमा अधिवेशन आह्वानको पत्रको जानकारी, ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । दलीय आधारमा मन्तव्य सकिएपछि ६ वटा अध्यादेश पेश गर्ने कार्यसुचि रहेको छ ।
सरकारले ल्याएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई बैठकमा पेश गर्ने कार्यसुचि रहेको छ ।
त्यसैगरी माघ २४ गते बस्ने दोस्रो बैठकमा पहिलो बैठकमा पेश भएका सबै अध्यादेश स्वीकृतिको लागि प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।