Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका झा र पाण्डेको मुद्दा सर्वोच्चले सुनुवाई गर्दै

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका झा र पाण्डेको मुद्दा सर्वोच्चले सुनुवाई गर्दै

  • मंगलवार, माघ १५ २०८१

  • 493
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका झा र पाण्डेको मुद्दा सर्वोच्चले सुनुवाई गर्दै

    काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका प्रतिवादीहरू वेचन झा र निलम्वित सचिव टेकनारायण पाण्डेको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ हुँदैछ ।


    पक्राउपछि जिल्ला अदालत काठमाडौंले दुवै जनालाई थुनामा पठाएको थियो । जिल्ला अदालतले थुनामा पठाएपछि पाण्डे माघ ११ गते र झा माघ २ गते सर्बोच्चमा पुगेका थिए । त्यसअघी पाण्डे जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुगेपनि उच्चले जिल्लाको आदेश नै सदर गरेको थियो । त्यस्तै अर्का प्रतिवादी बेचन झा पूरक अभियोग पत्रवाट यो प्रकरणमा जोडिएका हुन् । झालाई पनि पुर्पक्षका लागि कारागार पठाएपछि उनी उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले पनि जिल्लाको आदेश सदर गरेपछि उनी सर्बोच्च पुगेका हुन् ।


    जिल्ला अदालतको आदेशले थुनामा रहेका पाण्डेको मुद्दा न्यायाधीश कुमार चुडालको इजलासमा पेसी रहेको छ, भने झाको मुद्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।


    मंगलवार, माघ १५ २०८१०१:०१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij