Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक फेरी स्थगित

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक फेरी स्थगित

  • मंगलवार, माघ १५ २०८१

  • 306
    SHARES

  • राज्य व्यवस्था तथा सुशासन समितिको बैठक फेरी स्थगित

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक फेरी स्थगित भएको छ । आज बस्ने भनिएको बैठक पनि अन्तिम समयमा आएर स्थगित भएसँगै तेस्रो पटक बैठक स्थगित भएको हो ।


    यसअघि माघ ९ गते र १४ गतेका लागि पनि बैठक बोलाइएको थियो । ती दुबै बैठक स्थगित भएपछि आज बैठक बोलाइएको थियो । तर आजबो बैठक पनि स्थगित भएको छ ।


    संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार गर्ने गरी बोलाएका पछिल्ला तीन वटा बैठक लगातार स्थगित भएका हुन् ।


    मंगलवार, माघ १५ २०८११२:३५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij