Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

तराईका धेरै ठाउँमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित

तराईका धेरै ठाउँमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित

  • मंगलवार, माघ १५ २०८१

  • 443
    SHARES

  • तराईका धेरै ठाउँमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित

    काठमाडौं । तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सुका कारण केही दिनदेखि घाम नलाग्दा तराई/मधेसमा जनजीवन प्रभावित बनेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ ।
    महाशाखाका अनुसार देशका विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ ।

    तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ ।

    चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको छ ।


    मंगलवार, माघ १५ २०८१११:५६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij