Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अमेरिकी सहयोगमा संञ्चालन हुने चार परियोजना रोकिए

अमेरिकी सहयोगमा संञ्चालन हुने चार परियोजना रोकिए

  • सोमवार, माघ १४ २०८१

  • 439
    SHARES

  • अमेरिकी सहयोगमा संञ्चालन हुने चार परियोजना रोकिए

    काठमाडौँ । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशको प्रभावस्वरुप अमेरिकी सहयोग नियोग युएसएड मार्फत प्रदान हुँदै आएको सहयोग रोकिएको हो । अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो सहयोग रोकिएको जानकारी दिएको छ।


    २०२२ मे ५ मा यूएसएड र नेपाल सरकारबिच सम्झौता भई डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चारवटा आयोजनाको सहयोग रोकिएको मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।


    यसरी सहयोग रोकिएका परियोजनाहरूमा युएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएड एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएड हेल्थ एजुकेसन फाइनान्सिङ प्रोजेक्ट र युएसएड इन्क्लुजन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट रहेका छन् ।


    सोमवार, माघ १४ २०८१०५:५८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij