काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ । आज सभामुख घिमिरेले संसदको हिउँदे अधिवेशनको क्यालेन्डरका विषयमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको हो । संघीय संसद् सचिवालयले तयार गरेको क्यालेन्डरलाई कार्यान्वयन गर्ने सन्दर्भमा सभामुख घिमिरेले छलफल गर्नुभएको हो ।
माघ १८ गते बस्ने पहिलो बैठकमा अध्यादेशहरु टेबल गर्ने र प्रधानमन्त्री लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयो । अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा सफल बनाउन सभामुखले आग्रह गर्नुभएको छ ।
माघ १८ संसद बैठक बस्नुअघि कार्यसूची तय गर्न भोली माघ १५ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ।