Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

भूकम्पबाट हुने क्षति कम गर्न भूकम्प प्रतिरोधी संरचना बनाउनु पर्छ : उपप्रधानमन्त्री सिंह

भूकम्पबाट हुने क्षति कम गर्न भूकम्प प्रतिरोधी संरचना बनाउनु पर्छ : उपप्रधानमन्त्री सिंह

  • सोमवार, माघ १४ २०८१

  • 309
    SHARES

  • भूकम्पबाट हुने क्षति कम गर्न भूकम्प प्रतिरोधी संरचना बनाउनु पर्छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु पर्नेमा जोड दिनुभएको छ ।भूकम्पीय जोखिम न्यूनीकरणमा ध्यान दिन नसक्दा भौतिक संरचनाहरू विनाश भएका कारण अथाह जनधनको क्षति हुने गरेको बताउँदै सिंहले भुकम्पले पार्ने क्षती कम गर्न भुकम्प प्रतिरोधि संरचना निर्माण गर्नुपर्ने बताउनुभएको हो ।


    पछिल्लो देशमा विभिन्न खालका विपद्जन्य घटनाबाट देशले ठुलो जनधनको क्षती ब्यहोर्न परेको भन्दै सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य रहेको बताउनुभयो । विगतका घटनाबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु पर्ने उहाँको भनाई थियो ।


    सिंहले प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई ध्यान दिँदै संवेदनशील भूउपयोगको योजनाको कार्यान्वयनमा सबैको हातेमालो जरुरी रहेको उल्लेख गर्नुभयो । त्यस्तै विपद्का घटनाहरूबाट सुरक्षित हुन आवश्यकता अनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नुपर्ने बताउनु भएको छ ।


    सोमवार, माघ १४ २०८१०२:३५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij