Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

किशोरी मृत्यु प्रकरणमा गृहमन्त्रीको ध्याकर्षण

किशोरी मृत्यु प्रकरणमा गृहमन्त्रीको ध्याकर्षण

  • सोमवार, माघ १४ २०८१

  • 397
    SHARES

  • किशोरी मृत्यु प्रकरणमा गृहमन्त्रीको ध्याकर्षण

    काठमाडौं । अछामका दुई जना किशोरीको मृत्यु प्रकरण छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ । आज अछामका जनप्रतिनिधीहरुले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् ।


    सोमबार बिहान गृहमन्त्रीको निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुँवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।


    ध्याकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले घटनाको बारेमा जानकारी पाएदेखि आफ्नो ध्यानाकर्षण भएको र उक्त घटनालाई गम्भिरतापूर्वक हेरिरहेको भन्दै घटनाको सुक्ष्म अनुसन्धान गर्नका लागि समेत निर्देशन दिइसहेको उहाँले बताउनुभयो ।


    गएको शुक्रवार गोठालो गएकी अछामको ढकारी गाउँपालिका–८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको वडा नम्बर १ सुनघर सामुदायिक वनमा शनिबार बेलुकी मृत अवस्थामा फेला परेका थिए । अहिले उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल नेपालगञ्जमा राखिएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जना किशोरलाई नियन्त्रणमा लिएको छ ।


    सोमवार, माघ १४ २०८१०२:०१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij