Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

कास्की जिल्ला अदालतको आदेशविरुद्ध रवि उच्च अदालत पुगे

कास्की जिल्ला अदालतको आदेशविरुद्ध रवि उच्च अदालत पुगे

  • सोमवार, माघ १४ २०८१

  • 344
    SHARES

  • कास्की जिल्ला अदालतको आदेशविरुद्ध रवि उच्च अदालत पुगे

    काठमाडौं । कास्की जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने उच्च अदालत पोखरा पुग्नुभएको छ । रुपन्देही जिल्ला अदालतमा धरौटी बुझाएर रातारात रवि जिल्ला अदालत पोखराको आदेश विरुद्ध उच्चमा पुग्नुभएको हो । जिल्ला अदालतले ठुलो रकम धरौटी माग गरेकाले आफ्नो लागि न्यायसंगत नभएको भन्दै लामिछाने उच्च अदालत पुगेको जनाइएको छ ।


    पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटी मागेको थियो । लामिछानेले जिल्ला अदालतको आदेश खारेज गर्दै सामान्य तारेखमा छाड्नु पर्ने माग गर्दै उच्च अदालत पोखरामा रिट हाल्न लाग्नु भएको हो । उहाँले आज नै उच्च अदालत पोखरामा रिट हाल्ने जनाइएको छ ।


    पोखरामा ६५ लाख, काठमाडौंमा ६० लाख र रुपन्देहीमा एक करोड धरौटी बुझाएका लामिछाने जिल्ला अदालत काठमाडौं र रुपन्देहीको आदेश विरुद्ध पनि उच्च अदालत जाने जनाइएको छ । लामिछानेलाई आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद योगीको इजलासले एक कारोड धरौटीमा छाड्न आदेश दिएको थियो । सो आदेशपछि वैंक ग्यारेन्टी बुझाएर उहाँ छुट्नुभएको थियो ।


    सोमवार, माघ १४ २०८१०१:४१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij