काठमाडौं । गृहमन्त्री रमेश लेखकले पत्रकारिताको स्वतन्त्रता र व्यवसायिकतामाथि र निष्पक्षरुपले कलम चलाउन पाउने, बोल्ने पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभूत अधिकारको सुनिश्चितता हुने बताउनुभएको छ । सिंहदरवारमा नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले स्वतन्त्र, व्यवसायिक तथा निपक्षरुपले पत्रकारिता गर्ने वातावरण सरकारले निर्माण गर्ने बताउँदै उहाँले नेपालको पत्रकारिता लोकतन्त्र स्थापनामा र संरक्षणको लागि अपरिहार्य भएको बताउनुभयो ।
यस्तै गृहमन्त्री लेखकले पछिल्लो समय पत्रकारितामा केही विकृतीहरू मैलाएकाले पत्रकारिताको धर्ममाथी नै आक्रमण गर्ने प्रयास गरिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । समाजमा अनाआश्वक द्वन्व सिर्जना गर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, कपोकल्पित समाचारहरू सम्प्रेषण गर्ने जस्ता गतिविधि पनि मौलाएको भन्दै त्यस्ता प्रवृती अन्त्यका लागी श्रमजीवी पत्रकारहरुको अग्रसरता आवश्यक रहेको बताउनुभयो ।
साथै त्यस्ता गतिविधिबाट आफू र सञ्चारगृह जोगाउन पत्रकार महासंघलाई आग्रह समेत गर्नुभयो । अराजक रुपमा पत्रकारिताको धर्म नै विर्सिएर समाजमा द्वन्द्व फैलाउने समुहले समग्र सञ्चार जगतप्रतिको विश्वास कमजोर बनाउँदै लिएको समेत उहाँले बताउनुभयो ।