काठमाडौं । स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ का ४८ वर्षीय माधव श्रेष्ठ छन् । अहिले उनी काठमाडौं टोखा बस्ने गरेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगदसहित उनलाई पक्राउ गरेको हो ।