Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली साना दलहरूसँग छलफल गर्दै

प्रधानमन्त्री ओली साना दलहरूसँग छलफल गर्दै

  • सोमवार, माघ १४ २०८१

  • 251
    SHARES

  • प्रधानमन्त्री ओली साना दलहरूसँग छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्रीले साना दलका गुनासो सुन्न छाडेको गुनासोपछि प्रधानमन्त्रीले सत्तापक्षीय दलहरुसँग छलफल गर्न लाग्नुभएको छ । साना दलको गुनासोपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहेका पाँच दलको बैठक बोलाउनु भएको हो । सत्ता पक्षका पाँच दलको बैठक आजै साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।


    नेपाली काँग्रेस र नेकपा एमालेवीच सत्ता समिकरण भएपछि दुई दलवीच बेलाबेला छलफल हुँदै आएको भएपनि साना दलहरुसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको छैन् । दुई दलवीच हुने छलफलमा साना दलहरुलाई बोलाउने गरिएको छैन् ।


    प्रधानमन्त्रीलाई विश्वासको मत दिएका साना दलहरुले प्रधानमन्त्रीले काँग्रेस र एमालेवीच छलफल गरेपनि साना दलसँग छलफल नगर्ने गरेको भन्दै असन्तुष्टी जनाएका थिए । साना दलको गुनासो आएपछि प्रधानमन्त्रीले उनीहरुसँग छलफल गर्ने गरी बैठक बोलाइएको सत्तारुढ दलका एक नेताले बताएका छन् ।


    खासगरी सत्ता पक्षीय मोर्चामा रहेका लोसपा, नागरिक उन्मुक्ति, जनमत लगायतका पार्टीहरू ठुला दलसँग सन्तुष्ट छैनन् । संघीय सरकारमा जसपा र लोसपा सहभागी छन्, भने जनमतले मधेसमा मुख्यमन्त्री पाएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले संसद् बैठकलाई कसरी प्रभावकारी बनाउने भनेर छलफल गर्न बैठक राखिएको बताउनुभयो । छलफलमा संसदमा सत्तारुढ दलहरूले खेल्ने भूमिका, विधेयकहरूको अवस्था लगायतमा साझा धारणा बनाउने प्रयासस्वरुप छलफल गर्न लागिएको रिमालले बताउनुभयो ।


    सोमवार, माघ १४ २०८११२:४२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij