Nov 16 2026 | २०८३, मंसिर १ गते

२०८३, मंसिर १ गते
  • यो साता चर्चामा :
images

तराई मधेशमा लगातार कुहिरो, हुस्सु र शीतलहरले जनजीवन प्रभावित

तराई मधेशमा लगातार कुहिरो, हुस्सु र शीतलहरले जनजीवन प्रभावित

  • सोमवार, माघ १४ २०८१

  • 385
    SHARES

  • तराई मधेशमा लगातार कुहिरो, हुस्सु र शीतलहरले जनजीवन प्रभावित

    काठमाडौं । तराई मधेशमा पछिल्लो केहिदिन यता लगातार कुहिरो, हुस्सु र शीतलहरले त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ । ती क्षेत्रमा आज पनि शीतलहर कायमै रहेको छ ।

    काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज पनि हिजोजस्तै पूर्वदेखि लुम्बिनी प्रदेशसम्मको पहाडी भेगमा आंशिक बदली हुनेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका धेरै ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।


    सोमवार, माघ १४ २०८१०८:४५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij