Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने एक करोड धरौटी बुझाएर छुटे

रवि लामिछाने एक करोड धरौटी बुझाएर छुटे

  • सोमवार, माघ १४ २०८१

  • 441
    SHARES

  • रवि लामिछाने एक करोड धरौटी बुझाएर छुटे

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा एक करोड रुपैयाँ धरौटी बुझाएर छुट्नुभएको छ ।

    सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको थियो । लामिछाने हिजै १ करोड रूपैयाँ बैङ्क ग्यारेन्टी बुझाएर छुट्नुभएको हो ।

    यसअघि जिल्ला अदालत कास्की र काठमाण्डौले जस्तै रुपन्देहीले पनि तत्काल प्राप्त प्रमाणबाट रवि लामिछाने ‘कसुर नगरेको मनासिव आधार नदेखिएको’ भन्ने आधार देखाइ धरौटी मागेको हो ।

    ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम एक करोड रुपैयाँ धरौटी लिई तारिखमा राख्नू’ जिल्ला अदालतको आदेशमा उल्लेख छ ।

    लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ गते रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

    पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गएको कात्तिक २ गते पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ गते र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाण्डौ जिल्ला अदालतको अदालतबाट ६० लाख धरौटीमा माघ २ गते रिहा हुनुभएको थियो ।


    सोमवार, माघ १४ २०८१०७:३५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij