Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

संसद् अधिवेशनमा जनताका मुद्दा उठाउने काँग्रेसको निर्णय

संसद् अधिवेशनमा जनताका मुद्दा उठाउने काँग्रेसको निर्णय

  • आइतवार, माघ १३ २०८१

  • 357
    SHARES

  • संसद् अधिवेशनमा जनताका मुद्दा उठाउने काँग्रेसको निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसले आगामी संसद् अधिवेशनमा एक ढिक्का भएर जनताका मुद्दा उठाउने भएको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस सांसद रामहरि खतिवडाले बैठकपछि जानकारी दिए । साथै बैठकमा हिउँदे अधिवेशन, पार्टी र सकारका काम कारबाहीका बारेमा समेत छलफल भएको खतिवडाको भनाइ छ ।


    ‘आसन्न अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्नेमा छलफल भयो । बैठक भोलि पनि बस्छ’, खतिवडाले भने, ‘बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारका कामकारबाहीबारे धारणा राख्नुभयो त्यस्तै महामन्त्री गगन थापाले केही कुरा राख्नुभयो ।’


    बैठकमा सरकारले राम्रा कामहरूको सुरुवात गरेको भन्दै यो गठबन्धनको सरकारलाई आगामी ८४ सम्म लैजानेबारे समेत छलफल भएको छ ।
    त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशका बारेमा विज्ञहरूले प्रकाश पारेको बताए । भोलिदेखि सांसदहरूले बोल्ने र नेताहरूले जवाफ दिने घिमिरेको भनाइ छ ।


    आइतवार, माघ १३ २०८१०६:००:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij