काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना पार्टीका कार्यकर्ताहरु मागेर खाना खानु पर्ने अवस्थामा नरहेको बताउनुभएको छ । पार्टीका कार्यकर्ताहरु काम गरेर खाने गरेको बताउँदै उहाँले मागेर खानु नपर्ने बताउनुभयो । आइतबार नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल कृषिमा सम्भावना बोकेको देश भएको र यही देशको माटोमा श्रम गरेर आज पार्टीका कार्यकर्ताहरुलाई मागेर खानु पर्ने अवस्थाबाट मुक्त गरेको भन्दै विप्लवले अव रहेक नेपालीले काम गरेर खाने वातावरण सिर्जना गर्नुपर्ने समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विदेशबाट चामल आयात गर्नुपर्ने अवस्था हटाएर गरिब देशलाई सहयोग गर्ने चाहना छ । नेपालले विदेशबाट चामल किनेर खाने होइन, गरिब देशलाई सहयोग गर्ने हाम्रो चाहना छ ।’