Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

बुटवलमा रवीको मुद्दामा बहस सकियो, आजै आदेश आउने

बुटवलमा रवीको मुद्दामा बहस सकियो, आजै आदेश आउने

  • आइतवार, माघ १३ २०८१

  • 641
    SHARES

  • बुटवलमा रवीको मुद्दामा बहस सकियो, आजै आदेश आउने
    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ।
     
    रुपन्देहीको बुटवलस्थीत सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै सुरु भएको जवाफी बहसपनि सकिएको हो ।
     
    रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो। जवाफी बहसपछि इजलासले यो मुद्दामा आदेश गर्नेछ । अदालत स्रोतका अनुसार आदेश आजै आउनेछ ।
     
    न्यायाधीश योगीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ ।
     
    लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।


    आइतवार, माघ १३ २०८१०४:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij