काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले फेरी अर्काे अभियान सुरु गर्नुभएको छ । बेला बेला विभिन्न अभियान चलाउँदै आएका राउतले अहिले फेरी ‘यु ट्वान्टी फोर’ अर्थात अपडेट २४ घण्टा अभियानको थालनी गर्नुभएको छ ।
यो अभियान डेढ महिनासम्म सञ्चालन गरिने जनमत पार्टी नेपालले जनाएको छ । आइतबार जनमत पार्टीको केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकले यो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
यो अभियानले संगठनमा को–को छन्, कहाँ–कहाँ छन् र कुन अवस्थामा छन् सबैको अद्यावधिक गर्नेछ । वडा तहदेखि केन्द्रसम्म अद्यावधिक गर्ने बताइएको छ । कतिपय व्यक्ति सदस्यता लिएर पनि निष्क्रिय छन्, त्यसको बारेमा पनि खोजनीति हुन्छ, कोही पार्टीमा निकै सक्रिय छन् । तर ती जहिले पनि पछाडिका पछाडि नै छन् त्यसको बारेमा पार्टीले अध्ययन गर्न सहज हुनेगरी यो अभियानको थालनी गरिएको जनमत पार्टी नेपालका एक जना केन्द्रीय सदस्यले बताउनुभयो ।