काठमाडौं । बझाङमा एक किशोरी माथी जवरजस्ती करणी भएको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्म राज गिरीलाई गयराति प्रहरीले पक्राउ गरेको हो ।
शनिबार बेलुकी गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जवरजस्ती करणीको सिकार भएकी किशोरी अहिले सुरक्षित आवास गृहको संरक्षणमा रहेकी छिन् ।