Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

राप्रपा रमिता हेर्ने थलो भयो: ज्ञानबहादुर शाही

राप्रपा रमिता हेर्ने थलो भयो: ज्ञानबहादुर शाही

  • आइतवार, माघ १३ २०८१

  • 437
    SHARES

  • राप्रपा रमिता हेर्ने थलो भयो: ज्ञानबहादुर शाही

    काठमाडौं । राजसंस्थाको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता समेत रहेका सांसद ज्ञानबहादुर शाहीले राप्रपाभित्रको आन्तरिक किचलोले पार्टीभित्र द्वन्द्व बढ्दै गएको बताउनु भएको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समितीको बैठकमा नेताहरुले एक अर्कालाई आरोप लगाएपछी उनले पार्टी रमिता हेर्ने थलो भएको टिप्पणी गरेका छन् ।

    विभिन्न एजेण्डासहित बैठक बोलाए पनि ती एजेण्डामाथि छलफल हुनुको साँटो नेताहरु आरोप पत्यारोपमा उत्रिता पार्टीमा रमिता हेर्ने अवास्था सिर्जना भएको उहाँको भनाई थियो । पछिल्लो समय पार्टीमा काम कुरो एकातिर, कुम्लो बोकेर ठिमीतिर भने जस्तै प्रवृती हावी हुन थालेको उहाँले बताउनुभएको छ ।

    उहाँले आफ्नो सामाजिक संञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘राष्ट्र र देशवासीको हितका लागि अहिलेको अबस्थामा पार्टीलाई एक ढिक्का बनाई राष्ट्र निर्माणको कार्यको थालनी गर्नु पर्ने हो, तर हामी पार्टीको केन्द्रीय समिति जस्तो बैठकलाई रमिता हेर्ने थलोका रूपमा प्रयोग गरिरहेका छौँ ।’

     


    आइतवार, माघ १३ २०८१०१:५८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij