काठमाडौँ । मतपत्रमा पानी खन्याएपछि अनेरास्ववियु क्रान्तिकारीको मत गणना रोकिएको छ । अनेरास्ववियु क्रान्तिकारीको मधेस प्रदेशमा मतगणना भइरहेका बेला विवाद भएपछि एक समुहले मतपत्रमा पानी खन्याएका थिए ।
मतदानमा खसेका एक सय ५४ मत गणना गर्दा चार मत कम देखिएपछि विवाद भएको हो । विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षले मतपत्रमा पानी खन्याएका हुन् । मधेस प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले ६७ मत प्राप्त गर्दा हेमन्त राईले ४१, विजय शर्मा सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् ।
मतपत्र नै कम देखिएपछी पुनः निर्वाचन गर्नु पर्ने भन्दै दुबै पक्षले अडान लिएका छन् । विवादपछि पानी खन्याइएका मतपत्रहरु सिलबन्दी गरेर राखिएको अनेरास्ववियु क्रान्तिकारीका एक नेताले बताए ।