काठमाडौँ । संसद्को आसन्न अधिवेशनको तयारी सन्दर्भमा सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफल गर्न लाग्नुभएको छ । अहिले बिहान ११ बजे सत्ता पक्षका मुख्य तथा प्रमुख सचेतकसँग छलmपल गर्ने कार्यक्रम रहेको छ।
आज नै दिउँसो २ बजे सभामुख घिमिरेले प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्ने कार्यतालिका छ । आसन्न संसद अधिवेशन र छलफको विषयलाई लिएर सभामुखले छलफल गर्न लाग्नुभएको हो ।
त्यसैगरी सोमबार बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल हुनेछ भने मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ । विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग–अलग संवाद पनि गरि रहनुभएको छ ।