काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने छ ।
संघीय संसद् अधिवेशन शुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयो ।
बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल हुने घिमिरेले बताउनुभयो । संसद्को हिउँद अधिवेशन माघ १८ शुरु हुँदैछ ।