Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रेम विवाह गर्न भागेका केटाकेटी घरभित्रै मृत फेला

प्रेम विवाह गर्न भागेका केटाकेटी घरभित्रै मृत फेला

  • शनिवार, माघ १२ २०८१

  • 304
    SHARES

  • प्रेम विवाह गर्न भागेका केटाकेटी घरभित्रै मृत फेला

    काठमाडौं । रूकुम पश्चिममा प्रेम विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत फेला परेका छन्। त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर घरभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए।

    उनका अनुसार सपना वडा नम्बर ६ की हुन्। सपना र लोकन्द्र चार दिनअघि विवाह गर्ने भन्दै घरबाट भागेका थिए। स्थानीयले सोधिखोजी गर्दा उनीहरु शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै अस्थायी टहरामा दुवै मृत भेटिएको पाठकले बताए ।

    प्रहरीका अनुसार लोकेन्द्रको आमा बिरामी थिइन्। उनका बुबाले श्रीमतिलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए। त्यही समयमा घरमा यस्तो घटना घटेको हो। प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ।


    शनिवार, माघ १२ २०८१०५:५३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij