काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा संकट परेको बेला कांग्रेस र एमाले मिल्ने गरेको बताउनु भएको छ । शनिबार लमजुङमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले एमाले र कांग्रेस मिल्दा संसदमा अत्यधिक बहुमत पुग्ने भएकाले अरूका हल्लाले कुनै अर्थ नराख्ने बताउनुभएको हो ।
निर्दलीय व्यवस्था फाल्नदेखी गणतन्त्र ल्याउनसम्म विभिन्न कालखण्डमा नेपाली काँग्रेस र एमाले मिल्ने गरेको बताउँदै उहाँले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति हुँदासम्म यो सरकारलाई कसैले हल्लाउन नसक्ने बताउनुभयो ।
त्यस्तै गुरुङले माओवादीको १० वर्षे द्वन्द्वको बेलामा धेरै मानिस मारिएका र दुःख पाएका कारण उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउन पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएका स्पष्ट पार्नुभयो । अहिलेको सरकार बलियो सरकार भएकोले तत्काल केही नहुने उहाँको भनाई छ । प्रचण्ड नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने काम गरेको कारण अहिलेका गठबन्धन सरकार बनेकाले कसैले चाहदैमा सरकार परिवर्तन हुने कुरा असम्भव रहेको गुरुङले बताउनुभयो ।