काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताउनु भएको छ । सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने र भएका पनि फिर्ता ल्याउने उहाँले बताउनुभयो ।
ठाउँ ठाउँमा अहिले फिर्ता पनि भइसकेको भन्दै मन्त्री सिंहले वर्तमान सरकार नागरिकको जीवन र जिविका सहज बनाउन लागिरहेको बताउनुभयो । बागमतीसहित उपत्यकाका नदि किनारमा २० मिटरको मापदण्डका कारण १५-१६ लाख नागरिक समस्यामा पर्ने देखिएपछि पुनरावलोकनको माग गर्दै अदालत गएको र सोही कारण अहिले तत्कालका लागि समस्या टरेको पनि स्मरण पनि गरउनुभयो ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले माघ १८ बाट शुरू हुने हिउँदे अधिवेशनमा विधेयकहरूलाई पारित गरि आवश्यक नयाँ कानून बनाउने कुरालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।