काठमाडौं । नेपाली कांग्रेसले सरकारमा प्रतिनिधित्व गरिरहेका आफ्ना मन्त्रीहरूसँग छलफल गर्ने भएको छ । पार्टी पदाधिकारीले मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । सिंहदरबारस्थित संसदीय दलका कार्यालयमा आजै केहीबेरपछि छलफल सुरु हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।
पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूका कामलाई थप प्रभावकारी बनाउन र आसन्न संसद् अधिवेशनमा मन्त्रीको भुमिकालाई केन्द्रमा राखेर छलफल गर्न लागिएको प्रमुख सचेतक घिमिरेले बताउनुभयो ।