Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

माओवादीप्रति जनताको धारणा सकारात्मक रहेको प्रचण्डको दावी

माओवादीप्रति जनताको धारणा सकारात्मक रहेको प्रचण्डको दावी

  • शनिवार, माघ १२ २०८१

  • 279
    SHARES

  • माओवादीप्रति जनताको धारणा सकारात्मक रहेको प्रचण्डको दावी

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीप्रति जनताको धारणा सकारात्मक रहेको बताउनु भएको छ । अहिले आफु आफू जनताका पिर मर्का बुझ्न जनतामाझ गइरहेको आगामी निर्वाचनमा जनताले के चाहान्छन् भन्ने कुराको मापन गरिरहेको बताउनु भएको छ ।


    प्रेस सेन्टर नेपाल दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उहाँले आगामी चुनावसम्म अहिलेको सरकार नै टिकेको खण्डमा माओवादी केन्द्रलाई फाइदा हुने बताउनुभयो । जनताले माओवादीमाथी आशा राखेकाले अहिले सरकार बनाउने र गिराउने तर्फ माओवादी केन्द्रको ध्यान नरहेको उहाँले बताउनुभयो । माओवादी केन्द्रभित्र केही त्रुटि रहेको स्वीकार गर्दै तिनलाई सच्याएर अगाडि बढ्ने र आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने प्रचण्डको भनाई थियो ।


    शनिवार, माघ १२ २०८१०१:२९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij