Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

विश्वविद्यालयमा दलीय भागबन्डा स्विकार्न नसकिने नेविसंघको निस्कर्ष

विश्वविद्यालयमा दलीय भागबन्डा स्विकार्न नसकिने नेविसंघको निस्कर्ष

  • शनिवार, माघ १२ २०८१

  • 278
    SHARES

  • विश्वविद्यालयमा दलीय भागबन्डा स्विकार्न नसकिने नेविसंघको निस्कर्ष

    काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्याम्पस तथा विश्वविद्यालयमा दलीय भागबन्डा गर्नु गलत भएको भन्दै आपत्ति जनाएको छ ।


    नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय लगायतका देशभरका अन्य विश्वविद्यालय र ती विश्वविद्यालय अर्न्तगतका क्याम्पस, संकाय, विभागमा राजनीतिक दलीय भागबन्डा गर्नु गलत भएको भन्दै यस्तो कार्य स्विकार्य नहुने बताउनु भएको छ । प्राज्ञिक पदहरू दलीय भागबन्डा लगाउने काम नरोकिए त्यसको विरोध गर्ने समेत नेविसंघले चेतावनी दिएको छ ।


    साथै योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धा मार्फत पदाधिकारी नियुक्त गर्ने कार्यविधि, मापदण्ड, नियमहरू तर्जुमा एवं संशोधन भएको तथ्यमा नेविसंघको कुनै विवाद नरहेको नेविसंघको ठहर छ । दलिय स्थार्थ पुर्तिका लागि दलिय भागवण्डा गर्ने कार्यले विश्वविद्यालयको हित नहुने भन्दै विद्यार्थी आन्दोलनको मर्म र उपलब्धि विपरीतका कार्य कसैले गर्न नहुने हुँदा निर्णायक आन्दोलनमा होमिनुपर्ने अवस्था आएको नेविसंले निस्कर्ष निकालेको छ ।

    IMG-20250125-WA0000


    शनिवार, माघ १२ २०८१११:१३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij